एजेन्सी : केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर नजिकै वि’ष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको श’व फे’ला परेको छ ।
भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आ’त्मह’त्या गरेको अव’स्थामा उनको श’व फेला परेको हो ।
यद्यपि महाराष्ट्रका गृहमन्त्री नील देशमुखकाअनुसार कारका मालिक साम मुटेन नामका व्यक्ति भएको र उनले मनसुख हिरेनलाई कार मर्मत गर्न सुम्पिएका थिए ।
कार मर्मत गरिएको पैसा भुक्तान नगरेपछि हिरेनले सो कार आफुले राखेको गृहमन्त्रीको भनाई थियो । हिरेनको श’व भेटिएको भारतीय प्रहरीको भनाई उदृत गर्दै अमर उजालाले लेखेको छ ।
गृहमन्त्री देशमुखले कार कसको हो भन्ने विषयको मुद्दामा पनि छानविन गर्न निर्देशन दिइएको बताए । फेबु्रअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर २० वटा जिलेटिनसहित सो स्कारपियो कार बरामद गरिएको थियो ।
यद्यपि, त्यहाँ भेटिएको जिलेटिन सैन्य ग्रेड जिलेटिन नभएको प्रहरीले बताउँदै आएको छ । यस घ’टनापछि मुकेश अम्बानीको निवास बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।