लाल बहादुर चदारा: फागुन २३ गतेबाट कोरोना भाइरस कोभिढ–१९ विरुद्धको खोप अभियान सफल पार्न पालिका स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तुले धामीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही रहेका थिए।
अभिमुखिकरण कार्यक्रममा स्थानीय तहमा खोप समन्वय समितिको भुमिका स्थानीय स्रोत परिचालन र जिम्मेवारी बारे छलफल पनि गरेको छ।
कार्यक्रममा मेल्लेख सबै वडाका वडा अध्यक्षहरु मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले कोभिट बिरुद्ध खोप सफल पार्न सबैल साथ र सहयोग गर्नु पर्ने र खोप अभियान मा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न प्रोतसाहन स्वरुप सहयोग गरिने पनि प्रतिबद्धता जनाए ।
अभिमुखिकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्काले स्वागत मनतव्य राख्नु भएको थियो। कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक वीर बहादुर ठकुल्लाले गरेका थिए।