Advertisement
SKIP THIS
नेपाली कांग्रेस देविस्थान मार्फत बिभिन्न पिडितलाई १ लाख २८ हजार ८ सय सहयोग

निराकरण सम्वाददाता अछाम : साफेबगर नगरपालिका वडा नं.११ देविस्थानमा नेपाली काग्रेस वडा कार्य समितिको बैठक सम्पन्न भएको छ। वडा कार्यसमिति सभापति वीर बहादुर खड्काको अध्यक्षतामा भयको कार्यक्रममा राहात वितरण तथा सम्मानगरिएको छ।

साफेबगर नगरपालिका वडा नं.११ देविस्थानका आगलागी पिडित तीन घरपरिवारलाई नेपाली काग्रेस देविस्थान सम्पर्क समिति भारत बाट आयको रु १ लाख २८ हजार ८०० बाट रु ३७हजार ५०० दरले १लाख १२ हजार ५०० एक लाख बाह्र हजार पाँच सय वितरण गरिएको छ ।यस्तै क्यान्सर पिडित मृतक डिल्ली सिहं रावलको परिवारलाई कृया खर्च स्वरुप रु १५ हजार वितरण गरिएको छ।

कार्यक्रम नेपाली काग्रेस देविस्थान सम्पर्क समिति भारतका उपाध्यक्ष प्रेम ओड लाई सम्मान कार्यक्रम गरिएको थियो कार्यक्रमका प्रमुख अथिति नेपाली काग्रेस जिल्ला कार्यसमिति सचिव भरत कुमाल रहके थिए।

कार्यक्रममा विशिष्ट अथिति साफेवगर नगरपालिकाका वडा नं ११ देबिस्थानका अध्यक्ष गणेश बहादुर खड्का क्षेत्रीय कमिटी सदस्य धुर्व खड्का नेपाली काग्रेस देविस्थान सम्पर्क समितिका उपाध्यक्ष प्रेम ओड विपि यूवा कल्व जिल्ला कार्यसमिति सदस्य प्रकाश खड्का नेपाल सिक्षक माहासंघ जिल्ला कार्यसमिति सदस्य धन बहादुर खाती रामचन्द्र खड्का वीर बहादुर खाती नृप धामी लगायतको उपस्थित रहेको थियोे।

तपाईको प्रतिक्रिया