सरिता खड्का अछाम:नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीकाको तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
शिक्षक संघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथी नेपाली कंग्रेसका पुर्ब पार्टी सभापति मेघाराज खड्का रहेका थिए।
बिशिष्ट अतिथिमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुंवर र नेपाली कंग्रेस अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर रहेका थिए। प्रमुख अतिथीको आसन बाट बोल्नु पुर्ब पार्टी सभापति खड्काले समाज परिवर्तनको वहाक र जिम्मेवार शिक्षकहरुलाइ राज्यले उचित सम्मान दिन नसकेको दुखेसो गरे।
कतिपय गलत प्रवृत्तिका शिक्षकहरुका कारण सम्पुर्ण गुरुहरु अपमानित हुनु परेकोले शिक्षकहरुले नैतिकतावान र जिम्मेवार हुनुपर्ने बताए ।
साथै अर्को प्रसंगमा पुर्ब सभापति खड्काले नेपालको इतिहासमा कमन्युष्ट सरकारले कहिल्यै पनि निर्वाचन गराउन नसकेको र घोषित निर्वाचन पनि नहुने बताए ।
त्यस्तै बिशिष्ट अतिथी प्रेम बहादुर कुवंरले आस्थाका आधारमा शिक्षक माथी भेदभाव गर्नु स्थानीय सरकारको गम्भीर गल्ती भएको बताए । साथै शिक्षक र ब्यस्थापन समितिको सहमती बिना गरिने सरुवाको बिरुद्द्मा संघ र संगठन नभनी एकजुट भएर लाग्नु पर्ने बताए ।
भेलामा नेपालि कांग्रेस चौरपाटीका सभापति गणेश शाह, उपाध्यक्ष माया कुंवर , शिक्षक महांसंघ चौरपाटीका अध्यक्ष बम बहादुर शाह महिला शिक्षक समाजका जिल्ला सदस्य सरस्वती धामी लगायत ले मन्तव्य राखेका थिए।
भेलाले शैक्षिक गुणस्तर वृद्धि र पेशागत सुरक्षामा कटिबद्ध हुने निर्णय गरेको भेलाले बिद्यालय कर्मचारी र बालबिकासका शिक्षिकाको तलब वृद्धि गर्न सबंधित निकायलाई माग गर्ने निर्णय गरेको छ । शिक्षसंघ चौरपाटिका उपाध्यक्ष जगदिश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको सञ्चालन सचिव देवबहादुर साउँदले गरेका थिए।