अछाम :यही माघ २६ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ ।
ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षाअटोमोटिभ्सका संचालक भरत खड्काले बताए ।
साँफेबगर नगरपालिका ३ हाटबजार र साँफेबगर नगरपालिका ४ एयारपोर्ट बजारमा रहेका आफ्ना दुबै शोरुमबाट यो अफर को ग्राहक ले प्रत्यक्ष लाभ लिन सक्ने कुरा पनि उनले बताए ।
उनका अनुसार कुनै पनि ग्राहकको पुरानो जुनसुखै मोटरसाईकलको बजार मुल्य भन्दा १५ हजार बढी मुल्याङ्कन गरी उत्त मोटरसाईकल को मुल्य निर्धारण गरिने छ ।
त्यो संगै प्रत्यक नयाँ बजाज मोटरसाईकल को खरिदमा १० हजार नगद छुट रहेको छ भने, किस्तामा मोटरसाईकल खरिद गर्दा २० प्रतिशत अग्रीम भुक्तानी बाफत मात्रै पनि सस्तो ब्याजदर मा मोटरसाईकल किन्न सकिने छ ।
यो एक्सेन्ज मेला बाट अछाम बाजुरा डोटी का ग्राहक हरुले बढी लाभ लिने कुरा शुवेक्षा अटोमोटिभ्सका म्यानेजर सुरज चौधरीले बताए । अफर यही माघ २६ गते बाट माग ३० गते सम्म का लागी रहने छ ।