निराकरण सम्वाददाता अछाम:
अछाम जिल्लामा नागरिकता सचेतनाको नाममा सेवाग्राही हरूले सास्ती भोग्ने गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यलयमा देखिएको भिडले अछाममा नागरिकता सचेतनाको नाममा सास्ती भएको स्पष्टता देखिएको छ।
१० बजे नै नागरिकता बनेपनि नागरिकता सचेतनाको नाममा ४ घण्टा भन्दा बढी नागरिकता होल्ड गरि राखिने गरेको छ।
जिल्ला प्रशासन कार्यलयको नागरिक बडापत्रमै नागरिकता बनाउन सबै कागजात मिलेको खण्डमा तुरुन्तै दिने लेखिएको छ। तर नागरिक वडा पत्रलाई लत्याउदै जिल्ला प्रशासन कार्यलय अछामले भने नागरिकता बनिसके पछि पनि ४ घण्टा भन्दा बढी समय सम्म होल्ड गरि राख्ने गरेको छ।
नागरिकता सचेतनाको नाममा नागरिकता बनी सकेपछि पनि चार घण्टा सम्म नागरिकता नपाउदा घर जान ढिलो भएको र गाडि समेत पाउन मुस्किल हुने गरेको नागरिक बनाउन जिल्ला प्रशासन कार्यलय आएका बान्निगढी जयगढ गाउँपालिका वडा नं २ जनालिकोटका शान्त बहादुर कुवरले बताए ।
पछिल्लो समयमा नागरिक बनाउन सास्ती हुने गरेको जन गुनासो बढेपछि समाचार संकलन गर्न पुगेका रेडियो गाउघरमा कार्यरत पत्रकार चन्द्र भाट लाई सुचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन तिमिल्सैनाले यो बिषयमा आफुले बोल्न नमिल्ने बताएका पत्रकार भाटले निराकरण खबरलाई बताए ।
अछाम जिल्लामा कोरोनाको कलह रहिरहे पनि जिल्ला प्रशासन कार्यलयले नागरिकता बनी सकेका र बन्न बाकी रहेका र साथमा आएका अभिभावकलाई एकै ठाउँमा जम्मा गरि नागरिकता सचेतना दिदै आएको छ।
नागरिकताको बारेमा सेवा ग्राहिलाई सचेतना गराउने काम राम्रो भएपनि चार चार घण्टा सम्म कोरोनाको समयमा एकै ठाउँमा भिडभाड गर्ने काम उचित नभएको नागरिक बनाउन जिल्ला प्रशासन कार्यलय आएका बान्निगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका गणेश खड्काले बताए ।
पछिल्लो समयमा अछाम जिल्लामा अभियानकै रुपमा राष्ट्रिय परिचय पत्र बनाउने काम चलिरहेका कारण नागरिकता बनाउने नागरिकताको प्रतिलिपी बनाउनेको भिड हुन गरेको नागरिकता फाटका कर्मचारीले बताए ।