अछाम : अछाम जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचित तत्कालीन नेकपा ऐमालेका बरिष्ठ उपाध्यक्ष तथा नेकपा सुदुरपश्चिम ईन्चार्ज भिम रावल नेकपा दुई कित्तामा बाडिएपछि गृह जिल्ला एक्लिदै गएका छन ।
रावलकाे गृह जिल्ला अछामको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर लागेका छन्।
उनले आइतबार बालुवाटारमा प्रधानमन्त्री ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएका छन्।
उक्त विषयमा कुरा गर्दै बोगटीले भने, ‘नेकपाको आ’न्दोलन, संस्थापन मूलधारमा जानुपर्यो भन्दै मैलै ओली समूहलाई रोजेको हुँ।’
यसअघि नेकपाको प्रधानन्त्री ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो। यश अघि अछाम क्षेत्र नं १ ख बाट प्रदेश सभा बिजयी सुदुरपश्चिमका अार्थिक मामिला मन्त्री झपट बोहरा समेत केपि अोलि समूह तर्फ लागेका छन् ।