Advertisement
SKIP THIS
नेकपा अछामको विस्तारित वैठक सम्पन्न

निराकरण सम्वाददाता अछाम
१ सय ६१ जिल्ला कमिटी सदस्य मध्ये १ सय २० जना जिल्ला कमिटी सदस्यको वैठमा सहभागिता

नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामको बिस्तारित बैठक सोमवार सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ । नेकपा अछामका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा अछाम ईन्चाज तारामान स्वाँर रहेका थिए।

बैठकमा बोल्दै ईन्चाज स्वाँरले प्रधानमन्त्री केपि ओलिद्वारा गरिएको प्रतिनिधिसभा वि’घटनको असंवैधानिक कदम खारेज नहुदा सम्म आन्दोलन जारी रहने बताए। संसद विघटन जस्तो असंवैधानिक ‘कू’ को वि’रुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा अछाम सह ईन्चाज शरद सिंह भण्डारीले सम्मानित अदालतले प्रधानमन्त्री ओलिद्वारा गरिएको प्रतिनिधिसभा विघ’टनको पुनःस्थापन गर्ने बिश्वास व्यक्त गरे । बैठकले अछाम क्षेत्र न.२ का निर्वतमान प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले पठाएको पत्र पढेरे सुनाइएको थियो ।

पत्रमा उहाँले आफू प्रचण्ड, माधव नेपालले नेतृत्व गरेको मुल पार्टीमा रहेको उल्लेख गरिएको थियो । वैठककलाई सम्वोध गर्दै नेकपाका अछामका अध्यक्ष शेरबहादुर कुँवरले अछाममा केपी शर्मा ओलीको कुनै प्रभाव नरहेको बताए । उहाँले जिल्ला कमिटीका सम्पूर्ण सदस्य एकतावद्ध रहेको दावि गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमलाई साथ कसैले नदिने बताए।

बैठकले प्रधानमन्त्री के पि ओलिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको घोर भत्सर्ना गर्ने र यस वि’रुद्ध केन्द्रले अघि सारेका आन्दो’लनलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको कार्यालय सचिव नमराज न्यौपानले जानकारी दिए ।

यस्तै सम्पुर्ण पालिका र वडा कमिटीका बिस्तारित बैठकहरु तत्काल सम्पन्न गर्ने, आन्दो’लनका कार्यक्रम संचालन गर्न जिल्ला स्तरको ३०१ सदस्यीय संघर्ष समिती गठन गरेको कार्यालय सचिब न्यौपानले जानकारी दिए ।

बैठकमा संविधान सभाका सदस्य भरत साउद, प्रदेश कमिटी सदस्य तथा साँफेवगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिका अध्यक्ष झकर साउद, प्रदेश कमिटि सदस्य दिपक साउद, सुमन साउद, जोरा सिंह बिष्ट, नन्द सिंह कडायत लगायतको सहभागिता रहेको थियो ।

बैठकमा १ सय ६१ जिल्ला कमिटी सदस्य मध्ये १ सय २० जना जिल्ला कमिटी सदस्यको सहभागिता रहेको थियो । वाँकी २० देखि २५ जना जिल्ला कमिटी सदस्यको मंगलबारको विरोध सभामा उपस्थिति रहने जनाइएको छ । वैठकको सञ्चालन पार्टी सचिव झपट साउदले गरेका थिए ।

तपाईको प्रतिक्रिया