Advertisement
SKIP THIS
स्थानीय तहको निर्वाचन फाल्गुनमै गर्ने आयोगको तयारी

काठमाडौं:निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको कार्यकाल सकिन दुई महिनाअघि नै चुनाव गर्ने तयारीमा आयोग जुटेको हो । एक टेलिभिजनसँगको कुराकानीमा निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहको कार्यकाल सकिन दुई महिनाअघि नै निर्वाचन गराउने तयारीमा आयोग जुटेको बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ मा गाउँसभा र नगरसभा कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ भन्ने प्रावधान रहेकाले त्यसैलाई टेकेर स्थानीय तह निर्वाचनको तयारी गरिएको आयुक्त सुब्बाको भनाइ छ।

तपाईको प्रतिक्रिया