धनगढीः धनगढी उपपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यो शैक्षिक सत्रबाट एमबिबिएसको पढाइ नभए अनशन बस्ने घोषणा गरेका छन्। उनले सोमवार डोटीको बुडरबाट विश्वविद्यालय सञ्चालनमा नआए अनशन बस्ने घोषणा गरेका हुन्।
उनले शहीद दशरथ चन्द मेडिकल विश्वविद्याल सुदूरपश्चिमको एक पुस्ता अगाडिको माग भएको भन्दै पदाधिकारी को हुन्छन् भन्नेसँग मतलव नरहेको बताएका छन्।
उनले भने, ‘पढाइ यो शैक्षिक सत्रबाट हुनुपर्छ भन्ने अपेक्षा थियो र अस्पताल चल्नुपर्छ भन्ने यहाँको माग हो,’ उनले भने, ‘यो शैक्षिक सत्रदेखि यदि पढाइ सुरू भएन भने म गोपी हमाल पनि अनशन बस्छु। हामी आन्दोलनमा उत्रन्छौँ र अनशनको नेतृत्व मैले गर्छु।’










