अछाम:अछाममा भिरबाट लड्दा एकजना घाइते पञ्ञदेवल बिनायक नगरपालिका १ लाम्पाटा ४२ बर्षिय लक्ष्मीकान्त बजगाईको उपचारका क्रममा केही बेर अघि मृत्यु भएको छ।
शुक्रबार बिहान आफ्नो घरबाट ८ सय मिटर पर खानेपानीको पाईप बनाउन जाने क्रममा भिरबाट लडेका बजगाईको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
मृतक बजागाई पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा इन्चार्जका रुपमा कार्यरत रहेका थिए ।घाइते बजगाईको नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत थप उपचारको लागि पठाईएको थियोे ।










