Advertisement
SKIP THIS
साँफेका आगलागी पिडितलाई राहत बितरण

अछामः साँफेबगर नगरपालिका ३ हाटबजारका आगलागी पीडितहरूलाई राहत वितरण गरिएको छ। नगरपालिकाले ६ लाख राहत रकम वितरण गरेको हो। राहत वितरणका लागी गठन भएको उपसमितिले आज क्षतिको आधारमा राहत वितरण छ।

उपसमितिले बनाएको मापदण्ड अनुसार क्षतिको आधारमा गंगा कुँवरलाई ९० हजार, प्रेम खड्का ७० हजार, मक्र कुँवर ६० हजार, गीता कठायत कुँवर ६० हजार, दीपक सुनार ५० हजार, ज्ञानेन्द्र कुँवर, टीका कुँवर ५० हजार, सुरेश कुँवर ४० हजार, भीम कुँवर ३० हजार, हिमराज कुँवर २५ हजार, सुरत कुँवर २५ हजार र सुमन कुँवर आगलागी पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको उपसमिति संयोजक एवम् वडा नं ३ का वडा अध्यक्ष कुलबहादुर कुँवरले बताए। 

नगर उपप्रमुख शिव बहादुर कुँवरले अन्य प्रदेश सरकारले नगरपालिकामा आए छिट्टै वितरण गरिने बताए। उनले अन्य अन्य पालिकाहरूबाट सहयोगको गर्ने जानकारी प्राप्त भएकाले विवादरहित, निष्पक्ष तरिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताए। हाटबजार व्यवस्थापन समितिले एक लाखभन्दा बढी राहत संकलन गरेको सचिव अशोक कुँवरले बताए।

एकद्वार प्रणालीबाट वितरण गरिने भएकाले उक्त रकम विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरेर वितरण गरिने कुँवरले बताए। वैशाख १३ गते हाटबजारको शुभेच्छा मम सेन्टरमा बिजुली सर्ट भई आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्। प्रहरीको तथ्यांक अनुसार आगलागीबाट ३ करोड ८६ लाख ६५ हजारको क्षति भएको छ।

तपाईको प्रतिक्रिया