अछाममा डुबेर एक जनाको मृत्यु प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८ समय: १७:१५:५२ निराकरण खबर अछाम: अछाममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मंगलसेन नगरपालीका ३ स्थित रहेको चित्रे खोलामा नुहाउने क्रममा मंगलसेन नगरपालीका ६ का ५२ बर्षिय बेद प्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।