निराकरण खबर डोटी -सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति डोटी नवनिर्वाचित पधाधिकारीहरुले सफत संगै पदभार ग्रहण गरेका छन् ।
सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे मंगलबार सम्पन्न भएको निर्वाचनवाट निर्बार्चितहरुले सफत ग्रहण संगै पदभार ग्रहण गरेका हुन् । निर्वाचनबाट अध्यक्षमा जगत खड्काकाे नेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन भएकाे हाे ।

जसको उपाध्यक्षमा आेम प्रकाश सिंह,सचिवमा दिनेश के.सि, काेषाध्यक्षमा निरज वाेहाेरा लगायतको १३ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे निर्वाचन अधिकृत नवराज भट्टले वताए । निर्वाचन अधिकृत भट्टले निर्वाचित सम्पूर्णलाई बिहीबार एक कार्यक्रमका बिच सफत खुवाएका हुन् ।

सफत ग्रहण पश्चात बोल्दै अध्यक्ष खड्काले आफुलाई विश्वास गरेर निर्वाचित गराउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए। उनले भने ,´ खानेपानी मानव जिवनका लागी नभई नहुने चिज हो । खानेपानीका क्षेत्रमा देखीएका समस्यालाई समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। सबै उपभोक्ताको घरको धारामा आगामी दिनमा नियमित पानिको व्यवस्था गर्ने उनले बताए ।´










