निराकरण खबर अछाम:साफेबगर नगरपालिका द्वारा वडा नं १० घुघुरकोट र वडा नं ११देबिस्थानका ११ जना ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ।
बिहीबार वडा नं.११ देविस्थानका ‘ग र घ’ वर्गका अपाङ्गगता भएका ५ र वडा नं १० घुघुरकोटका ६ जना व्यक्तिलाई आर्थिक सहयोग वितरण गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले सरकारले नै ‘ग र घ’ बर्गका नागरिकले पाउने सेवा कटौती गरेकोले केही बर्ष दिन नसकेको उनलेे बताए । सरकारले कटौती गरेपनि ‘ग र घ’ बर्गका नागरिकको समस्या आफुहरुले बुझेका कारण कार्यबिधि बनायर वडामै नगद सहयोग गरिएको वडा अध्यक्ष खड्काले बताए ।
वडा नं ११ वडा अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ५ जना ‘ग र घ’ वर्गका नगरपालिकाबाट परिचयपत्र बनाएका २ जनालाई १२ हजार र जिल्लाबाट परिचय पत्र बनाएका ३ जनालाई ९ हजार आर्थिक सहयोग गरिएको सामाजिक सुरक्षा शाखाका प्रमुख देवसरा थापाले जानकारी दिईन ।
यस्तै वडा नं १० घुघुरकोटकाका ६ जना ‘ग र घ’ वर्गका नगर बाट परिचयपत्र बनाएका १ जनालाई १२ हजार र जिल्लाबाट परिचय पत्र बनाएका ५ जनालाई ९ हजार आर्थिक सहयोग गरिएको सामाजिक सुरक्षा शाखाका प्रमुख देवसरा थापाले बताईन।