Advertisement
SKIP THIS
शुद्ध पानी जिवनका लागि अपरिहार्य, अध्यक्ष खड्का

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकाद्वारा  वडा नम्बर ११ देबिस्थानका सुनौला १००० दिनका परिवारहरुलाई फिल्टर बितरण गरिएको छ।

साँफेबगर नगरपालिकाका खानेपानी तथा सरसफाई शाखा बहुक्षेत्रीय पोषण योजनाको आयोजनामा वडा नं ११ देबिस्थानका वडा अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ८ जना बिपन्न परिवारका सुनौला १००० दिनका परिवारहरुलाई फिल्टर बितरण गरिएको हो।

कार्यक्रम बोल्दै वडा नं ११ देबिस्थानका अध्यक्ष गणेश बहादुर खड्काले मानिसको जिवनमा खानेपानी अति नै आवश्यक भएकोले स्वस्थ पानी पिउनु पर्ने बताएका छन ।

पानी देखिने जति सबै सफा नहुने भएकाले पानी लाई फिल्टर गरेर पिउन अध्यक्ष खड्का आग्रह गरे। अधिकांस रोगहरु पानिकै कारण लाग्ने भएको हुदाँ सफा पानी पिउनको लागि फिल्टर सहयोग गरिएको अध्यक्ष खड्काले बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा शाखा देवसरा कुमारी थापा,वडा सचिव धुब्र बहादुर बिक, खाने पानि शाखा प्रमुख कर्ण बहादुर कुँवर , पत्रकार तारामान खड्काको सहभागिता रहेको थियो । यस्तै वडा नं १० घुघुरकोटका ८ जनालाई फिल्टर बितरण गरीएको छ । यस्तै वडा नं १० घुघुरकोटका अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा घुघुरकोटमा समेत ८ जना बिपन्न परिवारका सुनौला १००० दिनका परिवारहरुलाई फिल्टर बितरण गरिएको हो।

तपाईको प्रतिक्रिया