अछाम : बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ‘अनाथ असहाय बालबालिका सँग गाउँपालिका अध्यक्ष अभियान’ संचालन गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका अनाथ असहाय बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यका साथ अध्यक्ष खड्काले अभियान सन्चालन गरेका हुन् । स्थानिय तहमा निर्बाचनका ताका उम्मेदवार भएको बेला आफुले गरेको बाचा र प्रतिबद्धता अनुसार नै आफुले पाउदै आएको पारिश्रमिकबाट काटेर पालिका अन्तरगतका सबै बिधालयमा अध्यानरत अनाथ असहाय बालबालिकालाई सहयोग गर्ने लक्ष्य लिईएको छ ।

अभियानको बुधबार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको बिन्धेवासिनी बिधालयबाट सुरुवात गरिएको छ । एक कार्यक्रमका बिच दर्नाको बिन्ध्याबासिनी माध्यामिक बिध्यालयमा शैक्षिक सामाग्री, स्कुल पोसाक, कपि बितरण साथमा पोसाक सिलाउनु प्रति बिधार्थी रु १ हजार सहयोग गरिएको छ ।
दर्नाका सबै बिध्यालयका आर्थिक कमजोर भएका अनाथ असहाय ६१ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । बिधालय ब्यावस्थापन समितिका अध्यक्ष बासु साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहेरका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झनक प्रसाद रेग्मी रहेका थिए । ‘अनाथ असहाय बालबालिका संग गाउँपालिका अध्यक्ष अभियान’ सुरुवात गरिएको कार्यक्रममा कार्यपालिका सदस्य केशर बिक, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामका उपाध्यक्ष गिता कुवर, गाउँ शिक्षा समितीका प्रकाश ताम्राकार, समाजसेबी ललित साउद, टेक बहादुर साउद, ज्योति लाईफ ईन्सोरेन्सका जिल्ला प्रबन्धक गणेश बहादुर साउद, बालक्लबका गंगा कठायत लगायतको गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक, अबिभाबक, बिध्यार्थी लगायतको सहभागीता रहेको थियो ।
बिन्ध्याबासिनी माध्यामिक बिध्यालयका प्रधानाध्यापक निर्प बहादुर रावतको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक सिहले गरेका थिए ।











