अछाम:अछाममा क्रियाशिल ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछाम जिल्लाका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति भएको हो ।
जिल्लाका १० वटै स्थानिय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
सोमबार एक कार्यक्रमका बिच कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादी पार्टिका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ।
‘केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरुमा गठबन्धन अघि बढाउन हामी ऐक्यवद्ध छौं ।’
उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् ।
साथै आउदै गरेको स्थानिय तहको चुनाब लाई लक्षित गर्दै गठबन्धन दलमा आबद्ध सबैलाई सक्रिय रुपमा लागेर हरेक गतिबीधीहरु लाई आग्रह समेत गरेका छन् ।










