Advertisement
SKIP THIS
डोटीमा जीप दुर्घटना दुईको मृत्यु,थप विवरण आउदै

डोटी:डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुन्दरप्रशाद चौधरीले जानकारी दिए ।

मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन । जीप दुर्घटनाको कारण समते खुल्न सेकको छैन ।

अहिले जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोली घटना स्थल पुगेको छ । घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया