निराकरण खबर अछाम स्अछाम जिल्लामा उडान भर्ने एयरलाईन्सहरुको मनपरीका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । जनताकै सेवाको लागि नै भनेर अछाम जिल्लाको साफँेबगर एयरपोर्टबाट निजी क्षेत्रको समिट एयरलाईन्सले उडान भरिरहेका छ ।
समिट उडान भर्ने नत तालीका नै छ ,नत टिकट काउन्टर , टीकट काट्न कम्पनीहरुले तोकेका ब्याक्तीहरुलाई खोज्दै जानुपर्ने अवस्था रहेको छ । टीकट समेत पहुचका आधारमा मात्रै पाईने गरेको छ । मुकुन्द्र रावलले बताए ।
धनगढी साफेबगर दिनमा २ उडान गरेर समेत यात्रु पाईरहेको अवस्थामा समेत नियमीत उडान तालीका न तोकेर साफेबगरमा चार्टड उडान गरिरहेको समीटले यही फाईदा उठाउदै लुक्ला र जोमसोम तिर उडान गरिरहेको छ । त्यहा उडान भर्दा बिदेशी प्रर्यटक हुने ,बिदेशीले नेपालमा जहाजमा चढ्दा नेपाली भन्दा दोब्बर भाडा तिर्नुपर्ने प्रावधानका कारण समीटले २ हप्ता देखि साफेबगरको उडान कटौती गरिहेको छ ।
केहि दिन पहिले समिट एयरलाईन्स साफेबगरमा नियमीत उडान गरिरहेपनी हाल आएर उडान कटौति गर्दा अछाम बासीहरुलाई निकै समस्या भएको पत्रकार महासंघ सुदूरपश्चीम सदस्य तपेन्द्र कुँवरले बताए ।
समिटले साफेबगर बिमानस्थलको उडान कटौती गरेर अहिले धेरै फाईदा हुने भन्दै लुक्ला र जोमसोम तिर उडान गरिरहेको छ । जहाँ धेरै नाफा उतै उडान गर्ने समीटले अछाममा भने यात्रु नपाएको भने होईन, साफेबगर बिमानस्थलबाट धनगढी दिनमा २ उडान भर्दा समेत यात्रु पाईरहेको थियो । धनगढी बिमानस्थलबाट साफेबगर बिमानस्थल पुग्न १८ मिनेट लाग्ने गरेको र हाल भाडा समेत ४ हजार ५ सय लिदै आएको छ ।










