Advertisement
SKIP THIS
अछाममा झुलुङ्गे पुलबाट खसेर एक पुरुष घाइते

निराकरण खबर अछाम:अछाममा झुलुङ्गे पुलबाट खसेर एक पुरुष घाइते भएका छन ।

बिहिबार जिल्लाको मेल्लेख गाउँपालिका ८ हात्तीकोटका ३५ बर्षिय कृष्ण साँउद घाइते भएका हुन ।

साउँद साफेबगर नगरपालिका माष्टामाण्डौ र मेल्लेखको हात्तीकोट जोड्ने बिमकोटी खोलाको झुलुङ्गे पुलबाट खस्दा घाइते भएका हुन।

घाईते साउदको टाउकोमा चोट लागेको र उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया