निराकरण खबर डोटि:उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटी अन्तर्गत द लुथरन विश्व फेडरेसन नेपाल र ईएलसिएद्वारा संयुक्त सहयोगमा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्दनका लागि सामुहिक प्रयास परियोजना २ को आयोजना मा पुर्विचौकि गाउँपालिका वडा नम्बर ४ सानागाउँको सभाहलमा पालिका स्तरिय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको हो ।
परियोजनाले मुक्त हलियाको बास्तविक पहिचान गरि जिपिको पार्जनमा गरेका कार्य र उनिहरूको हक हितका लागि गरिरहेका कार्यक्रम को वारेमा संस्था र स्थानीय सरकारको भुमिका अग्रणी रहने परियोजना संयोजक भक्तराज उपाध्यायले बताए।
संस्थाले हलियाको हकहित कालागि गरिरहेको अथाक प्रयासमा स्थानिय सरकारको पुर्ण समर्थन रहने र वैठकमा उठेका यि विभिन्न सवालहरू लाइ कार्यपालिकाको वैठकमा लगि कार्यान्वयनमा पहलि कदम कालागि कार्यपालिकालाइ अनुरोध गर्ने कार्यक्रम का प्रमुख अतिथि तथा वडानम्वर ६ गाजरिका वडा अध्यक्ष देव वहादुर थापा बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष टिका सिं नेपाली, कोषाध्यक्ष जहेन्द्र खड्का,सदस्य लक्ष्मि जोशि सर्मा, जनप्रतिनिधि,गाउँ पालिकाका विभिन्न साखा प्रमुख तथा प्रतिनिधिहरु, संस्था का कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।










