Advertisement
SKIP THIS
गुडनेवर्स इन्टरनेस्नल नेपालद्वारा वाल सुधार गृहलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

निराकरण खबर डाेटि:गुडनेवर्स इन्टरनेस्नल नेपालको ३२ औं स्थापना दिवसको अवसर पारि सिलगढीमा रहेकाे वाल सुधार गृह लाइ शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

गुडनेवर्स इन्टरनेस्नल नेपालले शिक्षा क्षेत्रमा विषेश गरि कार्यक्रमहरु गर्ने भयकाले वाल सुधार गृह भित्र विभिन्न सजायँ भाेगि साे-अध्यायन गरिरहेका वालवालिकाको साे-अध्ययन र खेलकुदमा टेवा पुगाेस भन्ने उद्देश्यले उक्त सामाग्रीहरू प्रदान गरियकाे गुडनेवर्स इन्टरनेस्नल डाेटिका जिल्ला संयाेजक तेज शर्माले बताए ।

वाल सुधार गृह लाइ २०५ वटा कापि,२४६ वटा डटपेन,२ थान क्यारमवाेर्ड,३ वटा भलिबल र २ वटा खेल्नकाे लागि लुडाे गरि जम्मा रु २४,८७० ( चाैविस हजार आठ सय सत्तरी )रुपया वरावरकाे शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको उनलेे जानकारी दिए।

सामाग्रीहरू वुझ्दै वाल सुधार गृहका प्रमुख सानुमाया लिम्बू गरुङ ले यस्तै सहयाेगी निकायकाे अझै उपेक्षा गरेका छाै याे सामाग्रीहरू ले सजायँ भाेगि रहेका वाल वालिकालाई अध्ययन गर्न र खेल्नका लागि हाैसला मिलेकाे भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा गुडनेवर्स इन्टरनेसनल का डाेटिजिल्ला संयोजक तेज सर्मा, सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जाेशि र पत्रकार लगाएतकाे उपस्थिति रहेको थियो

तपाईको प्रतिक्रिया