अछाम :नेपाली काग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले कम्युनिष्टहरुले नागरिकसग भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । साँफेबगरमा आयोजित घर घर जाउ काग्रेस जिताउ अभियान अन्तर्गत आयोजित बृहत आम सभामा प्रमुख अतिथि महामन्त्री खड्काले कम्युनिस्टहरुले जनताको मत कदर गर्न नसकेको भन्दै पुर्ण रुपमा असफल भएको दाबी गरे ।
उहाले जहिले पनि भम्रको खेतिगर्दे आएको र कांग्रेसले त्यो भ्रम चिर्दे आएको समेत जिकिर गरे । उहाँले काग्रेस जहिले पनि यथार्त र सत्यको पक्षमा रहेको भन्दै नागरिकलाई जहिले पनि सर्वाेपरि मान्दै आएको समिेत बताए ।
उनले कम्युष्टिले आफ्नो घर पनि बनाउने अर्काे घर पनि बन्ने नदिने प्रबृति देखाउदै आएको समेत बताए । उनले काग्रेसले गरेका राम्राकामहरुको प्रचार प्रसार गर्न समेत आम नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा पार्टी सभापति पुस्प शाह, पुर्ब पार्टी सभापत भरत कुमार स्वार, काग्रेस सुदुरपश्चिम सदस्य प्रेमा श्रेष्ठ ,भक्त बहादुर ठकुल्ला ,तुलाराम साउद, रुपा आउजि ,महासमिति सदस्य महाधिबेसन प्रतिनिधि क्षेत्रीय सभापति कृष्ण बुढा लगायतले मन्तव्य राखेका थिए।










