Advertisement
SKIP THIS
आवश्यकताको आधारमा मात्रै गठबन्धन हुन्छ, कांग्रेस

काठमाडौं:नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको आरोप झुठो भएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी गराउँदै प्रवक्ता महतले आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरिने बताएका हुन् ।

“सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो । आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरौँ भन्नु भएको हो,”  महतले भने । प्रदेश सभापतिहरू र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट फरक-फरक सुझावहरु आएको उनले बताए ।

“आवश्यकताको सिद्धान्त अनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरूबाट रिपोर्टहरू आएका छन् ।”  ९८ प्रतिशत प्रतिनिधिबाट आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको महतको भनाइ छ ।

तपाईको प्रतिक्रिया