निराकरण सम्वाददाता अछाम:”घर-घर जाऔं कांग्रेस जिताऔं” अभियान उद्घाटन कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न भएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको प्रमुख आथित्यमा जयगढमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम बोल्दै प्रमुख अथिति मेघराज खड्काले आसन्न तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत सहितको जित आवश्यक रहेको बताए। जित सुनिश्चितका लागि सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए। एकता र मेलमिलापको नितिमा सबै कांग्रेससिहरु बाधिनुपर्नेमा जोड दिए।
आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका जो सुकैले टिकट पाएनि कांग्रेस जिताउन लाग्नुपर्नेमा आग्रह गरे। आगामी निर्वाचनमा कार्यकर्ता बिच रिझेको ब्याक्ती नै कांग्रेसको उम्मेदवार हुनेमा स्पष्ट पारे ।
नेपाली जनताको समृद्धिको लागि तिनै तहमा कांग्रेसको सरकार आवश्यक भएको बताउदै प्रदेश महामन्त्री खड्काले अब तिनै तहमा कांग्रेस जिताउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने जोड दिए।
एमसिसि अमेरिका सँग माग्ने समेत कम्युनिष्ट हरु तरएमसिसिको बिरोध गर्ने समेत कम्युनिष्ट भएको कुरा जनताले बुझ्नुपर्ने बताए ।कार्यक्रम बिशिस्ट अथिती नेपाली कांग्रेस जिल्ला सभापति पुष्प शाहले भर्खर सम्पन्न जिल्ला अधिबेशनले पार्टीमा कुनै तिक्तता नभएको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए । कुनै पनि नेताका अगाडि पछाडि लागेर स्थानीय तहको निर्वाचनमा कसैलाई टिकट नदिने बताए ।
जसले संगठनमा खट्न सक्छ , जो नागरिकमा नजिक छ, उसैलाई टिकट दिईने बताए । कार्यक्रममा पुर्ब पार्टी सभापति भरत कुमार स्वार ,सुदूरपश्चिम प्रदेश सदस्य पदम बहादूर शाह,धन बहादुर शाहि,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पधाधिकारी,क्षेत्रिय समितिका पधाधिकारी, प्रदेश कार्यसमितिका पधाधिकारी, लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकता हरुको सहभागीता रहेको थियो ।










