धनगढी:प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषदको निर्णयले निकै समयको प्रतिक्षापछि धनगढीमा ल्याण्डफिल्ड साईडको कार्य अघाडी बढ्ने भएको छ ।
धनगढी उपमहानरपालिकामा मेयर निर्वाचित भए संगै नृपबहादुर वडले धनगढीमा फोहोर मैला व्यबस्थापन गर्ने मुख्य एजेन्डा बनाई कार्य आघाडी बढाएपनि स्थान बिवादका कारण काम बढेको थिएन ।
सोमबारको प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषदले धनगढीमा एकिकृत फोहर मैला व्यबस्थापन र फोहर पानि प्रशोधन केन्द्र निर्माण कार्य अघाडी बढाउने स्वीकृती दिने निर्णय गरेको छ । अब धनगढीमा ल्याण्डफिल्ड साईडको काम अघाडी बढ्ने भएको छ । ल्याण्डफिल्ड साईडका यो निर्णय संगै धनगढीमा ११ किलोमिटर सडक निर्माणको पनि बजेट पाउने भएको धनगढीको मेयर नृपबहादुर वडले जानकारी दिए ।
‘धनगढीको लागि काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा यो सम्भव भएको हो’ मेयर वडले भने–‘केन्द्रीय सदस्य राणाको आफ्नो क्षेत्र भएको पनि यो कार्यमा निकै सकृय भएर लाग्नुभयो ।’
‘मेरो ल्याण्डाफिल्ड साईड स्थापना गरेर धनगढी नगरलाई सफास्वच्छ बनाउने मेरो उदेश्य थियो’ मेयर वडले भने–‘केही बिरोधी तत्वले काममा अबरोध गर्दै आएका थिए ।’ बिभिन्न तत्वहरुले कतै अबरोध सृजना गरी ल्याण्डफिल्ड साईडको काम गर्न दिएका थिएन् वडले भने अब सरकारको निर्णयले बाटो खुलेको छ । यो निर्णय गर्नमा सम्बन्धीत मन्त्रालय र सहकार्यगर्ने सबैलाई धन्यवाद दिनचाहन्छु मेयर वडले भने । ल्याण्डफिल्ड साईड र ११ किलोमिटर सडकको टेन्डर प्रकृया चाडैहुने उनले बताए ।










