निराकरण सम्वाददाता अछाम:ब्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि सरोकारवाला सँग १ दिने अभिमुखिकरण कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ मा सम्पन्न भएको छ।
शुक्रबार बान्नीगढी जयगढ गाउँपालीकाको आयोजनामा वडा नं १ गाज्राबाट कार्यक्रम सुरुवात गरिएको हो।
ब्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका बिषयमा नागरिक स्तरमा अनबिज्ञता कायम भएको हुदाँ नागरिकको अनबिज्ञता हटाउन, ब्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका बिषयमा पालिकाबासीलाई स्पष्ट पार्न अभिमुखिकरण कार्यक्रम गरिएको एम आई एस अपरेटर बल बहादुर साउदले बताए ।
कार्यक्रमको सहजिकरण दिपेन्द्र साउँदले गरेका थिए । वडा नं १ का अध्यक्ष हिरिण्ड बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीका कार्यपालिका सदस्य आरति कुँवर खड्का,वडा सदस्य भरत सुनार लगायतका अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।











