Advertisement
SKIP THIS
अछाममा नदिमा डुबेर एक जनाको मृत्यु

निराकरण सम्वाददाता अछाम:अछाममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ।

बिहिबार दिउँसो कैलास खोला र बुढीगंगा नदिको दोभान चित्रेमा अस्तु सेलाउने क्रममा मंगलसेन नगरपालिका ३ लछिमनाका २८ बर्षिय मीन बहादुर ढोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ढोली  मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा एक्कासी चिप्लिन गई नदिमा डुबेका र उनलाई  स्थानियहरुले डुबेकै स्थानबाट मृत अवस्थामा भेटाएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया