अछाम: जिल्ला युवा संजाल अछामको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । संजालको बन्दसत्रले निवर्तमान सचिव कमल कुमार रावलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष दिपेन्द्र धामी, महिला उपाध्यक्ष पुजा बुढा, सचिव भिमसेन ताम्राकार , सहसचिव धन बहादुर कुँवर, कृष्ण उपाध्याय कोषाध्यक्षमा सुशील भण्डारी लगाएतका सदस्य रहेका छ ।
जसमा सदस्य दुर्गा खनाल, तपेन्द्र भण्डारी, जितेन्द्र मोहन बिसी, पार्वती बिष्ट, कमल बहादुर थापा, चन्द्र बहादुर भण्डारी, निर्मला स्वार, भुपेन्द्र भण्डारी, युवराज खडका र जयन्द्र साउद सर्वसम्मत चयन भएका निर्वाचन कमिटी संयोजक पुर्ण बहादुर रावलले जानकारी दिए।










