Advertisement
SKIP THIS
५० रुपैया भाडा बिवादले हत्या

कैलाली :कैलालीको धनगढीमा भारतीय नागरिकको ५० रुपैया भाडाको बिवादले हत्या गरेको आरोपमा प्रहरीले २ जना नेपालीलाई पक्राउ गरेका छन । प्रहरीले भारतको उत्तरप्रदेश स्थित शाहजापुराका ४२ वर्षीय गुप्ताको हत्या आरोपमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीले दुवै जनाले मिलेर गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताएका छन । हत्यारालाई ४ दिनमै पक्राउ गर्न प्रहरी सफल भएको हो ।

हत्या गरिएका गुप्ताको शव सोमबार धनगढी उपमहानगरपालिका ५ शिवनगर जाई सडक छेउको नालीमा फेला परेको थियो । गुप्ता धनगढीको शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया