निराकरण सम्वाददाता डोटी: किताब बजार प्रबीधीको प्रयोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बिश्वबैकको आर्थिक तथा प्राबीधीक सहयोगमा सामुदायीक बिकास केन्द्र डोटीले जिल्लाका चार पालिकाका प्रध्यानाधापक, विद्यालय ब्यवस्थापन समितिका पदाधीकारी र शिक्षकहरुलाई अभिमुखिकरण गरिएको हो ।
स्थानीय स्तरमै अनलाईन मार्फत बालमैत्री किताबहरुको सर्बसुलभ मुल्यमा अनलाईन मार्फत बिद्यालयले अडर गर्न सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको सामुदायीक बिकास केन्द्र डोटीका किताब परियोजना संयोजक टंक जोशीले बताए ।
उनले भने नेपाल सरकारले जारी गरेको बालमैत्री राष्ट्रिय प्रारुप २०७६ ले तोकेका न्यूनतम दश मापदण्ड मध्य बुक कर्नर पनि एउटा रहेकोले सरकारका कार्यक्रमलाई सहयोग गर्न परियोजनाले सहयोग गर्ने समेत बताए ।
किताब बजार सफ्टवर्यरको लागि आईडी तयार गर्ने, खरीद गर्ने बिधी, बिताब छनोट गर्ने लगाएतका प्राबीधीक ज्ञानको बारेमा जानकारी गराईएको समेत संयोजक जोशीले बताए ।
बिद्यालयले यस्तो आईडी निमार्ण र प्रयोग गर्दा कुनै शुल्क लाग्दैन तर आफुलाई आवश्यक किताबहरु अडर गर्दा मात्र पैसा तिर्नुपर्छ अनलाईनमा नै मुल्य देखीने गर्छ । किताब बजारको सफ्टवर्यरमा बालबालिकाहरु संग सम्बन्धी अतिरीक्त पाठ्यपुस्तकहरुमात्र खरिदको लागी अडर गर्न मिल्छ ।
अभिमुखिकरण कार्यक्रममा आर्दश,सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका शिक्षक, वि.ब्य.स. पदाधीकारी र पालिकाका बिद्यालय निरिक्षकहरुकोे सहभागिता रहेको थियो । डोटी जिल्लाको सवालमा प्रबीधीमा आधारीत यो नयाँ कार्यक्रम हो ।










