Advertisement
SKIP THIS
हामीले कसैले समर्थन गर्न भनेका छैनौ , केन्द्रिय सदस्य शाह र प्रदेश महामन्त्री खड्का

निराकरण सम्वाददता अछाम:नेपाल कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द बहादुर शाह र सुदूरपश्चिम महामन्त्री मेगराज खड्काले सभापतिका उम्मेदवार पुष्प शाहलाई समर्थन गरेको समाचार बारे आपत्ति जनाएका छन ।

ललितपुरबाट प्रकाशित हुदै आएको लेखाजोखा नामको अनलाइन समाचारमा सभापती पदका उम्मेद्वार शाहलाई केन्द्रिय सदस्य र प्रदेश महामन्त्रीको समर्थन भन्ने समाचार प्रकाशित भएको बिषयमा निराकरण खबर सँग कुराकानी गर्दै उहाँहरुले यो नियोजित समाचार भएको बताए ।

हामीहरु सधैंव नेपाली कांग्रेस बलियो बनाउनु पर्छ भनेर सधैंव लागिपरेका छौ, हामीले कुनै उम्मेदवारलाई समर्थन गर्नुपर्छ भनेर भनेका छैनउ।

सधैं नेपाली कांग्रेस जित्नुपर्छ भनेर राजनीतिमा लागिरहेका छौ,
हामीले यो उम्मेदवारलाई भोट हाल्लौ, योलाई नहालौ भनेका छैनऔ । मतदाता आफैंले स्वबिकेक प्रयोग गर्न सक्ने छन। उहाँहरुले भने।

तपाईको प्रतिक्रिया