Advertisement
SKIP THIS
धनगढीक‍ो मेयर बन्न विवेकशीलको सुदूरपश्चिम संयोजकबाट हमाल दिए राजीनामा

धनगढी : विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्,’ पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु।’

हमाल २०७४ साउन २८ गतेदेखि विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए। हमाल सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता हुन्।

तपाईको प्रतिक्रिया