निराकरण सम्वाददाता अछाम ,सदुरपश्चीम प्रदेशका प्रदेश प्रमुख माननिय देवराज जोशीले आफुले नेपालको संबिधान दिए अनुरुप काम गर्ने बताएका छन ।
प्रदेश प्रमुखमा नियुक्त भएपछी गृह जिल्ला बाजुराको भ्रमणमा आएका जोशीले शुक्रबार अछामको साँफेबगरमा चियापान कार्यक्रममा कुराकानी गर्दै उहाँले सुदूरपश्चीका जनतका समस्या प्रदेश सरकाले नसुनेको , ध्यान नपुगेको ठाउँमा सरकारको ध्यान केन्दीत गराउने बताए ।
सुदूरपश्चीको बिकासको लागी आफ्नो दायीत्व पुरा गर्ने बताए । सुदूरपश्चीममा के आवश्यक छ त्यसको लागी सुदूरपश्चीम प्रदेश सरकार र केन्द्र सरकारले काम गर्नेमा आशा ब्यक्त गरे ।
सदुरपश्चीम प्रदेशका प्रदेश प्रमुख माननिय देवराज जोशी २२ गते सम्म गृह जिल्लामा बस्ने र त्यहाका बिभीन्न कार्यक्रमा सहाभागी हुने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ ।










