अछाम:अछामको ढकारी गाउपालिकामा कोभिट १९ बिरुद्धको खोप कार्यक्रमको प्रगति र आगामि कार्ययोजना सम्बन्धि पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।
ढकारी गाउपालिकाका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा भएको बैठकमा कोभिट बिरुद्धको खोप अभियान को हाल सम्मको प्रगतिको समिक्षा र तेस्रो लहरको कोरोना रोकथाम र आवश्यक तयारी बिषयमा छलफल भएको छ ।
पालिकालाई कोरोना बिरुद्धको पुर्ण खोप पालिका बनाउन खोप अभियानलाई तिब्रता दिने ,पहिलो खोप लगाउन छुटेकाहरुको तथ्यांक संकलन गरि पुर्ण खोप दिने , ढकारी गाउँपालिकामा नियमित खोप संचालन गरिने,स्वास्थ्य संस्था स्वास्थ्यकर्मी आवश्यक तयारी मा राखिने , लगायत निर्णय गरेको छ ।
यु एस ए आइडि सेवक नेपाल सुआहाराको प्राबिधिक सहयोग र ढकारी गाउपालिकाको समन्वयमा भएको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झपटराज ढुङगाना सुआहरा कार्यक्रमका संयोजक सेत बहादुर भुल ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट ,आठ वटै वडाका वडा अध्यक्षहरु ढकारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाह ढकारी गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीका ईन्चार्जहरू सुआहाराका इन्द्र थापा ,लगायतको सहभागता रहेको बैठकको संचालन हिच्मा स्वास्थ्य चौकीका ईन्चार्ज बल बहादुर बुढाले गरेका थिए ।