अमरदिप शर्मा :
चरी चुच्चे च जति सबै चरी हुदैनन
जीवन मृत्यु धर्म कर्म मनपरि हुदैन
हौसिएर महान बन्ने कल्पना के गर्छौ
खुईलिएका तिम्रा ईच्छा जलपरी हुदैनन!
हिउदे झरी मनपरी गृश्म हुन्छ रित्तो
सायद ईश्वर भक्ती भाव बलगरी हुदैन
ललाटमा चन्दन रेखी चट्टान मुर्ती बन्नु
फेरि पनि कानुन जेठो छलगरी हुदैन !!