निराकरण सम्वाददाता अछाम : हिउँदे बर्षामा समेत अछामको बान्नीगढी जयगढ गाउँपालीका कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम जारी रहेको छ।
चिसो माैसम त्यसैमा लगातार परिरहेको झमझमि हिउँदे बर्षालाई समेत चुनौती दिदै कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम चलिरहेको छ।
हिजो साझँ देखि परेको बर्षाले ग्रामीण सडक निकै चिप्लो भएपछि गाडि चलाउन नसक्ने अवस्था सिर्जनाना भएपछि बन्नीगढी जयगढ गाउँपालीकाको केन्द्र जयगढबाट वडा नं ५ कालीकाको खोप केन्द्र सम्म स्वास्थ्यकर्मीहरुले पुठ्युमा भ्याक्सिन बोकेर खोप केन्द्र गएका छन् ।
हालसम्म बान्नीगढी जयगढ गाउँपालीकामा कुल ५ हजार १ सय ८७ नागरिकलाई कोरोना बिरुद्धको पुर्ण खोप दिईसकेको छ।
केही दिन अघि चलेको बिधालय स्थतरको खोप कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालीका भित्र रहेका २५ बिधालयका १२ बर्ष देखि १७ बर्ष उमेर समुहका २१ सय ५१ बिधार्थीलाई कोरोना बिरुद्धको मोर्डना खोप लगाईएको गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बसन्तले रावलले बताए ।