अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ दोमार्साका नागरिकले बर्षौँ पछि बिजुली बत्ती बाल्न पाएका छन् । गाउँपालिकाका अन्य वडामा र टोलमा बिजुली बत्तीको पहुँच भएको भए पनि दोमार्सा वासीले बिजुली बत्ती बाल्न पाएका थिएनन् ।
लामो समयको पर्खाइ पछि आज बिहीबार दोमार्सामा बिजुली बत्तीको उद्घाटन गरिएको छ ।करिब ४० लाखको लागतमा सञ्चालन गरिएको विद्युत् सेवाको आज एक औपचारिक कार्यक्रमका बिच दोर्माशा र जोगेनामा बिजुली बत्तीको उद्घाटन गरिएको हो ।
बिजुली बत्ती पुग्दा स्थानीय दङ्ग छन् ।उनीहरूमा खुसीयाली छाएको छ । सामूहिक प्रयासले गाउँघरमा बिजुली बत्ती ल्याउन सफल भएपछि उनीहरूमा आशाका किरण जागेको छ ।
बिजुली बत्ती बलेसँगै उनीहरूमा अझ थप ऊर्जा थपिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बिहिबार बल्ब बाली बिद्युत सेवाको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले विकट गाउँमा बिजुली पु¥याउन सफल भएपछि मनमा निकै खुसी छाएको अनुभूति भएको बताए ।
गाउँपालिकाको अथक प्रयासले दोमार्समा बिजुली बत्ती पु¥याउन सफल भएको उनको भनाई छ । आफू सधैव गाउँपालीका बासीका समस्या समाधान गर्न लागिपरेको बताउदै अध्यक्ष खड्का कहिलेकाही बिभिन्न कारण भने अनुसार काम गर्न नकिने बताए ।
दोमार्साका नागरिकको समस्या नजिकबाट नियालेको उल्लेख गर्दै उपाध्यक्ष साउँदले स्थानीय सरकार एक्लैको प्रयासले मात्रै विकास निर्माणको काम गर्न नसकिने भएकाले नागरिकले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए।