आफै सङ्ग आफ्नो बिम्ब खोज्न मन छ अब,
अपेक्षाको मुर्ती का छ सोध्न मन छ अब,
हराई जाने पराईको कति बाटो कुर्नु
टाढै बसि उनकै बोली रोज्न मन छ अब !
दाग धब्बा हतारैमा कोरिएकी कतै
बिलौनामा अन्धकार पोख्न मन छ अब
छलछाम तिम्रो धर्ती सापेक्ष छ नीति
दुख बोक्ने ईश्वर भारी बोक्न मन छ अब !
शिशिरमा पसिनाको गन्ध नभएझै
परिश्रम अमुल्य हो तोक्न मन छ अब !!
लेखक लक्ष्मी प्रशाद शर्मा साँफेबगर नगरपालीका अछामका नि प्रमुख प्रशासकीय अधिकृत हुन्