Advertisement
SKIP THIS
अछाममा सम्बन्ध बिच्छेदका घटना बढ्दो

एकेन्द्र खत्री अछाम: जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न घटनाका १ सय ५१ मुद्दा दर्ता भएका छन् ।

जिल्लामा सरकारवादी फौजदारी, व्यक्तिवादी फौजदार, देवानी र पुनरावेदन मुद्दा गरी १ सय ५१ वटा मुद्दा दर्ता भएको अछाम अदालतले जनाएको छ ।

जस मध्ये १ सय १८ वटा मुद्दा फर्छ्योट भएका र ३३ वटा मुद्दा फर्छ्योट गर्न बाँकी रहेका अछाम जिल्ला अदालतका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले जानकारी दिए। यस्तै अछाममा पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ ।

जिल्लामा हिंसा पीडित महिलाहरू सचेत हुनुले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत अछामले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा अदालतमा सम्बन्ध विच्छेदका १६ मुद्दा दर्ता भएका छन् ।

सम्बन्ध विच्छेदका १६ मुद्दा मध्ये १० वटा फर्छ्योट भएका र ६ वटा बाँकी रहेको जिल्ला अदालत अछामका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले बताए ।आर्थिक २०७६÷०७७ मा जम्मा १६ ओटा मात्रै उजुरी दर्ता भएकामा आर्थिक वर्ष २०७७÷०७८ मा १६ उजुरी दर्ता हुनुले अछाममा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पुष्टि हुने उनलेे बताए।

सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा जिल्लामा बालविवाह गर्नेको सङ्ख्या बढ्दै जानु र हिंसा भएका महिलाहरू हक अधिकारका बारेमा जागरूक हुँदै जानु प्रमुख कारण भएको बताए ।

तपाईको प्रतिक्रिया