Advertisement
SKIP THIS
भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी: बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित सिमलेकबाट एकनाले भरुवा बन्दुकसहित सोही वडाको मनीकाडा गोत्रीका ४२ वर्षीय ऐनबहादुर रावल पक्राउ परेका प्रहरीले बताएको छ।

लेकको खर्कमा भरेर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताए। रावललाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया