Advertisement
SKIP THIS
रिडिकोटलाई पराजित गर्दै बल्याक एन्जल्सद्धारा साफेमा संचालित खसी कप कृकेट उपाधी कब्जा

निराकरण सम्वाददाता अछाम :अछामको साफेबगर नगरपालिका वडा नम्बर ४ मा जारी किर्केटको फाईनल खेलमा सा.न.पा ७ रिडिकोट लाई ९ विकेटले पराजित गर्दै सानपा ३ प्रभा ( Black Angel ) ले उपाधी जितेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको साफेबगर ७ रिडिकोटले निर्धारित १२ ओभर खेल खेल्दै ६ विकेटको क्षेतिमा १२५ रनको विशाल लक्ष्य बनाउन सफल भएको थियो ।

कुबेर केसी तथा महेन्द्र बिकको ४१ रनको ओपनिङ साझेदारीमा राम्रो सुरुवात पाएको रिडिकोटका लागि कप्तान सन्जु केसिले अबिजित ३५ , कुबेर केसिले २५ , महेन्द्र बिकले १६ तथा सुरेन्द्र ताम्राकारले १६ रन जोड्दा बलिङतर्फ चक्र धामी ३ , त्रिदेव कुवरले १ बिकेट लिए।

विशाल लक्ष्यको सामना गर्न जवाफी मैदानमा उत्रीएको साफेबगर ३ प्रभाको टिम Black Angel का ओपनर लालु सहानी र जनक धामिले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित तर्फ लगे Blacka Angel का लागि ओपनर जनक धामीले अजिबित १०६ को पारी खेले तेस्तै ओपनर लालु सहानीले १० तथा जयन्द्र कुवरले १४ रनको पारी खेल्दै ९ ओभरमै खेल जितेको छ ।

बलिङ तर्फ रोहित भुलले लगेको १ बिकेट मात्र लग्न सके ।अछाम जिल्लामा हाल सम्म यस्ता टुनामेन्टमा सतक हान्ने पहिलो ब्याटम्यान जनक धामी रहेको अछाम कृकेट टिमका कप्ताम अनिल कुवरले जानकारी दिए।खेलमा उत्कृष्ट ब्याटिङ गरेका जनक धामी म्यान अफ द म्याच भए ।
खेलको आयोजना शमशेर कुवरको नेतृत्वमा साफेबगर न.पा ४ स्थित “साफेबगर युवा क्लब ” ले संचालक गरेको थियो । प्रथम हुने टिम साफेबगर न.पा ३ प्रभा ( Black Angel ) ले प्रथम पुरस्कार खसी उपहार तथा प्रमाणपत्र तथा मेडेल हात पारेका छन ।

त्यस्तै दृतिय टोलि साफेबगर न.पा. ७ रिडिकोटले प्रमाणपत्र , मेडेल सहित नगद प्राप्त गरेको पुलबजार कृकेट क्लबका पुर्ब क्याप्टन दिपक बहादुर खड्काले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया