Advertisement
SKIP THIS
बीमाको शुल्क २८.७१ प्रतिशतले बढ्यो

काठमाडौं:नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । 

गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । 

समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क उठेको छ भने, निर्जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क उठेको छ । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः २८.७१ प्रतिशत र १५.३५ प्रतिशतले ब९ शुल्क उठेको समितिले जनाएको छ । 

तर यता, गत आर्थिक वर्षमा जीवन बीमातर्फ कुल १५ हजार ९६४ वटा बीमालेखको माग दाबी परेकोमा २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको माग दाबी परेकोमा २० अर्ब १४ करोड 
५१ लाख रुपैयाँ बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितिले जनाएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फ कुल ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएका छन् । 

तपाईको प्रतिक्रिया