अछाम:आइतबार सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले माफी मागेका छन्।
आफूले बाचा गरेअनुसार पूरा अवधि सांसद पदमा रहन नसकेकोमा रावलले जनतासँग माफी मागेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।
अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।
भीम रावलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओबादी केन्द्र र एमाले बिच भएको गठबन्धनबाट २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।
जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।
— Bhim Rawal, PhD (@BhimRawal179) July 18, 2021










