Advertisement
SKIP THIS
हाँस्य कलाकार चम्सुराका दुबै किड्नी फेल

काठमाण्डौ :हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन। तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन।

तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन। किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ ।

कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन। हाँस्य सिरियल मेरी बास्सै मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन।

तपाईको प्रतिक्रिया