काठमडौँ:प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने तयारी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि आज अपरान्ह ४ बजे बस्ने पहिलो बैठक बस्नेछ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ। पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।










