Advertisement
SKIP THIS
नयाँ शहरको कार्यलय साफेबगरमा तालाबन्दी

निराकरण सम्वाददाता अछाम:नयाँ शहरको कार्यलय साफेबगरमा तालाबन्दी गरिएको छ ।

नयाँ शहर साफेबगरमा कार्यरत करारका कर्मचारीहरुले आफ्नो करार सम्झौता नविकरण गर्नु पर्ने भन्दै तालाबन्दी गरेका हुन ।

बिगत ७ बर्ष देखि नयाँ शहर साफेबगरमा काम गर्दै आएका र चैत मसान्तमा करार सकीएको र करार नबिकरण गरिदिन कार्यलय प्रमुख मान परियार सँग पटक पटक माग गर्दा समेत कुनै चासो नदेखाएको सव ईन्जिनियर एकेन्द्र बुढ्थापाले बताए ।

कार्यलय प्रमुख मान परियारले काम परेमा मात्रै कार्यलयमा बोलाउन भन्दै सम्झौता नबिकरणमा कुनै चासो नदेखाई ७ बर्ष देखि काम गर्दै आएका कर्मचारीको नबिकरण नगरि आफ्नो नजिकका कर्मचारी भर्ना गर्न खोजिएको आरोप लागेको छ ।

नयाँ शहर आयोजना कार्यालय साफेबगरमा १३ जना कर्मचारीको दरबन्ती रहेकोमा हाल ६ जना कर्मचारी रहेका छन ।

झोलामा नयाँ शहर
नयाँ शहर कार्यलय अछाम झोलाबाट सञ्चालन हुदै आएको छ । कार्यलय प्रमुख मान परियार दिपायल बस्दै आएका छन ।उनि पाहुना जसरी अछाम आउने गरेका छन । आर्थिक बर्ष २०७७/७८मा नयाँँ शहरले गरेका योजनाको भुक्तानीहरुको लागि आयोजनाका कर्मचारीहरु झोलामा फाईल हालेर दियायल तिर लाग्ने गरेका छन ।

तपाईको प्रतिक्रिया