निराकरण सम्वाददाता अछाम :आर्थिक बर्ष २०७८/८९ को लागि केन्द्र सरकारबाट अछामका स्थानीय तहमध्ये सबैभन्दा बढी साफेबगर नगरपालिका रबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालीकालाई पठाएको छ।
अर्थ मन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको निति तथा कार्यक्रम अन्तरगत साफेबगर नगरपालिकाले ५० करोड ४० लाख ,मंगलसेन नगरपालिकाले ३८ करोड १७ लाख,कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख ,पञ्चदेवल बिनायक नगरपालिकालाई ३३ करोड ८७ लाख बजेट पठाएको छ ।
यस्तै मेल्लेख गाउँपालिलाई ३५ करोड ७२ लाख , तुर्ममखाद गाउँपालीकालाई ३४ करोड ८३ लाख ,रामारोशन गाउँपालीकालाई ३३ करोड १६ लाख ,चौरपाटी गाउँपालीकालाई ३० करोड २० लाख,ढकारी गाउँपालिकालाई २५ करोड ९२ लाख र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालीकालाई २३ करोड ६४ लाख पठाएको छ।