Advertisement
SKIP THIS
बान्निगढी जयगढ गाउँपालिकाद्धारा कमलवजार प्रयोगशाला र बयालपाटा अस्पताललाई आर्थिक सहयोग

निराकरण सम्वाददाता अछाम :बान्निगढी जयगढ गाउँपालिकाले कमलवजार नगरपालिकाले सञ्चालन गरेको अछामको एकमात्रै कोरोना आर टी पिसिआर परीक्षण प्रयोगशालालाई रु ५ लाख सहयोग गरेको छ ।

मंगरबार गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टलाई उक्त चेक हस्तान्तरण गरे र
अछाममा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले पाँच लाख सहयोग गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए । अछाम जिल्लामा कोरोना परीक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित संचालनमा ल्याउनका लागि सबै क्षेत्रले सके जति सहयोग गर्नुपर्ने अध्यक्ष खड्काले बताए । आगामी दिनमा समेत थप सहयोगको लागि गाउँपालीका तयार रहेको बताए ।

जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला संचालन गर्नकालागि आर्थिक अभावको कारणले सञ्चालनमा समस्या नहोस भन्दै गाउँपालिकाले अनुदान स्वरुप ५ लाख उपलब्ध गराएको बान्नीगढी जयगढ गाउँपालीका निमीत्त प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले बताए । बान्नीगढी जयगढ गाउँपालीकाले गरेकोमा कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टले गाउँपालिका लाई धन्यवाद दिए ।

यसैबिच जिल्लाको बयलपाटा अस्पताललाई समेत गाउँपालिकाले १ लाख सहयोग गरेको छ । कोरोनाको उपचारमा सहयोग भन्ने उदेश्यले पहिलो चरणमा १ लाख अस्पताललाई उपलब्ध गराईएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिले बताए । कोरोना सँग लड्न गाउँपालीकाले सहयोग गरेकोमा अस्पतालले धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया